'हाँसेर बोलिदिए मात्रै पुग्छ': रामकुमारीसहित निःशर्त एमालेमा फर्किने किसान श्रेष्ठको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
3k
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) ले आफू पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित कुनै शर्त बिना नेकपा एमालेमा फर्किन तयार रहेको घोषणा गरेका छन्।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता श्रेष्ठले आफूहरूले पदको चाहना नराखेको भन्दै मूल घर फर्किन चाहेको बताए। उनले भने, "हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किंदै छौँ। हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ।"
उनले एकीकृत समाजवादी पार्टीभित्र पार्टी एकता र पुनःगठन सम्बन्धी विवाद बढिरहेको पृष्ठभूमिमा आफूहरूले पसिना बगाएको र जीवन अर्पण गरेको मूल घर एमालेमा फर्किने अभियानमा रहेको स्पष्ट पारे।