arrow

बङ्गलादेशमा डेंगीको कहर: एकै दिनमा १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
dengue--ji-ha.jpeg

काठमाडौँ। बङ्गलादेशमा डेंगीका कारण हुने मृत्यु दरमा ठूलो वृद्धि देखिएको छ। यहाँ एकै दिनमा १० जनाको मृत्यु भएसँगै यो वर्ष डेंगीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।

बुधवार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार थप एक हजार ६९ नयाँ सङ्क्रमणहरू पुष्टि भएका छन्। यस वर्ष अहिलेसम्म लामखुट्टेबाट सर्ने यस रोगबाट सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ९९२ पुगेको छ।

डेंगीको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने कडा उपायहरू उपनाएका छन्।

डेंगी ज्वरो बङ्गलादेशमा मनसुनमा देखिने सामान्य रोग भए पनि यो जुनदेखि सेप्टेम्बरसम्म विशेष रूपमा फैलिने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ