काठमाडौँ। मौसममा सुधार आएसँगै काठमाडौँ उपत्यकाबाट हिमाल देखिएको छ। नीलो आकाशमुनि सेता हिमालहरूको दृश्य निकै रोमाञ्चक र मनमोहक देखिएको छ।
यस वर्ष ‘मोन्था’ चक्र वात र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएपछि केही दिन मौसम बदली भएको थियो । अब भने हिउँदको छनक दिँदै मौसम खुलेको छ।