arrow

नोबेल र काठमाडौँ मेडिकल कलेज सञ्चालक सोइना शर्मा सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
swoiena-sharma.jpg

काठमाडौँ । विराटनगर जेसीजले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजकी सञ्चालक सोइना शर्मालाई  “जेसीज सम्मान-२०२५” ले सम्मान गरेकाे छ।

जेसीज सप्ताह-२०२५ को समापन समारोहका अवसरमा स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याएको योगदान, समर्पण र मानवीय सेवाभावको उच्च कदर गर्दै शर्मालाई सम्मान गरिएकाे हाे । सम्मानित शर्मा नेपाली कांग्रेस नेता एवं पूर्व संसद डा. सुनील शर्माकी छोरी हुन् ।

कार्यक्रममा वक्ताहरूले युवा अवस्थामा नै शर्माको नेतृत्व, इमानदारी र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणको प्रशंसा गरे ।

उनीहरूले स्वास्थ्य सेवा क्षेत्रमा देखाएको दृढता र लगनशीलताले समाजमा प्रेरणादायी प्रभाव पारेको बताएका थिए।

विराटनगरका मेयर नागेश कोइरालाले सोइना शर्माले स्वास्थ्य सेवा क्षेत्रलाई नाफा भन्दा पनि मानवीय संवेदनाको दृष्टिले अगाडि बढाउँदै आएकाे दावी गरे ।

शर्मा जस्ता व्यक्तित्त्वको योगदानले नै समाजमा मानवताको उज्यालो फैलिएको भन्दै मेयर कोइरालाले विराटनगर जेसीजको सम्मानले सेवाभावलाई अझ प्रेरणा दिने विश्वास व्यक्त गरे ।

शर्मा स्वास्थ्य क्षेत्रको व्यवस्थापन, सेवा विस्तार र जनहितका गतिविधिहमा सक्रिय रहँदै आएकी छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सामाजिक अभियन्ता, युवा उद्यमी र जेसीजका सदस्य सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ