जेन-जी प्रतिनिधि सुदन गुरुङको चेतावनी: माग पूरा नभई निर्वाचन हुन सक्दैन, गृहमन्त्रीले जिम्मा लिनुपर्छ [भिडियो]
जेन–जीका माग पूरा नभए अर्को आन्दोलन हुने र यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
953
Shares
काठमाडौँ। जेन–जी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरू पूरा नभईकन मुलुकमा निर्वाचन हुन नसक्ने चेतावनी दिएका छन्। उनले केही बाहेकका सबै जेन–जीहरू एक ठाउँमा रहेको भन्दै मागहरू पूरा हुनुपर्नेमा जोड दिएका छन्।
गुरुङले जेन–जीका माग पूरा नभए अर्को आन्दोलन हुने र यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए।
गुरुङले भने, "यो सबैकुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ। उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो। राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको हो। माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे। यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई। अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ।"
आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै उनले गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको टिप्पणी गरे।