-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म शान्त स्वभावकी छु
हो म शान्त छु
यो शान्ति डरको होइन
यो अनुभव, धैर्य र आत्मबलको परिणाम हो ।
कसैले मेरो शान्ततालाई
कमजोरी ठान्छन्
उनीहरुले बुझ्दैनन्
शान्त स्वभावको मान्छे पनि
आँधी बन्न सक्छ ।
म शान्त स्वभावकी छु
र
यही शान्तिमा मैले आफूलाई पाएकी छु
मेरो मन स्थिर छ
मेरो आत्मा मुक्त छ
र
मेरो शान्ति मेरो पहिचान हो ।
यो शान्ति मेरो साँचो शक्ति हो
मेरो जीवनको मार्गदर्शन हो
म शान्त छु र शान्त रहन चाहन्छु
किनकि यही मेरो सत्य हो ।