arrow

मपाईं

logo
सुमी लोहनी,
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
sumi-lohani-82-7-29.jpg

नबलेर के भो त घरको चुलो
छँदै छ नि पेट भर्न सडकको धुलो
भएर के हुन्छ र खल्ती, दिमाग खुकुलो
कुरा गरे त भैहाल्यो नि ठूलो ठूलो
डाक्टर वैद्य जसले नाडी छामे नि
नकचराको छैन यहाँ कुनै औषधीमूलो
इतर हुँदा सबै देख्ने
भितर हुनासाथ किन पर्छ आँखामा फुलो ?
विज्ञापनको जमाना रहेछ यो
त्यसैले भन्नुपर्छ मै असल, मै ठूलो ।
         

         
      


    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ