arrow

एनपीएलको सबै तयारी पूरा, विजेतालाई एक करोड १० लाख पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
npl-trophy-tour-2025uuu (13).jpeg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को सबै तयारी पूरा भएको छ। दोस्रो संस्करणको एनपीएल नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको हो ।

सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।

एनपीएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ