काठमाडौँ । काठमाडौँ उपत्यकामा जाडो शुरू भइसकेको छ । उपत्यकाको तापक्रम घट्दो क्रममा छ । दिनको समयमा पारिलो घाम लाग्ने भए पनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था शुरू भइसकेको छ ।
तापक्रम घटेसँगै काठमाडौँ टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ । नदीको सतह क्षेत्रमा लाग्ने यस्ता कुहिरो सूर्योदयसँगै विस्तारै हराउने गर्दछ ।
कुहरो लागेको समयमा मानिसहरू मर्निङ वाक गर्ने, किसानहरू तरकारी बारीमा काम गर्दै गरेका भेटिन्छन् ।