arrow

एनपीएलः जनकपुरले काठमाडौँलाई दियो १३१ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
npl-always-field-82-8-1.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आजदेखि शुरू भएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिडिरहेका छन् । 

जितका लागि जनकपुरले १३१ रनको चुनौती दिएको छ । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो ।  

जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् । 

तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा अविजित रहँदै ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए । 

काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । 

उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेकोले प्रहरीले टिकट नहुने दर्शकहरूलाई सुरक्षालाई मध्यनजर गर्दै खेल मैदान वरपर नआउन दिउँसै आग्रह गरेको थियो । 

साविक विजेता जनकपुर बोल्ट्सको टोलीमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपल मुख्य प्रशिक्षक र अनिलकुमार साह कप्तान छन् । मार्की खेलाडी आसिफ शेखसहित ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार, तुल मगर, मयन यादव, सचिन भट्ट, विकाश आग्री र आदित्य महताजस्ता नेपाली खेलाडीहरू समावेश छन्। 

विदेशी खेलाडीतर्फ दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी रहेका छन्।

काठमाडौँ गोर्खाजको टोलीको नेतृत्व करण केसीले गरेका छन् र टोलीमा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक भारतका मोन्टी देसाई मुख्य प्रशिक्षक छन्। 

नेपाली खेलाडीहरूमा भीम शार्की, शाहव आलम, दीपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, उत्तम थापामगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादव र सोनु देवकोटा समावेश छन्। 

विदेशी खेलाडीहरूमा इंग्ल्यान्डका जोन सिम्पसन, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, मिडल अर्डरका एरासमस र बेन चाल्र्सवर्थ, अमेरिकाका मिलिन्द कुमार र भारतीय सन्नी पटेल रहेका छन् ।

npl-1st-game-82-8-1-first-half (1).jpeg
npl-1st-game-82-8-1-first-half (2).jpeg
npl-1st-game-82-8-1-first-half (3).jpeg
npl-1st-game-82-8-1-first-half (4).jpeg
npl-1st-game-82-8-1-first-half (5).jpeg
npl-1st-game-82-8-1-first-half (6).jpeg
npl-1st-game-82-8-1-first-half (3).jpg
npl-1st-game-82-8-1-first-half (4).jpg
npl-1st-game-82-8-1-first-half (5).jpg
npl-1st-game-82-8-1-first-half (6).jpg
npl-1st-game-82-8-1-first-half (7).jpg
npl-1st-game-82-8-1-first-half (1).jpg
npl-1st-game-82-8-1-first-half (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ