एनपीएलको दोस्रो खेलमा चितवन र कर्णाली मैदानमा, चितवनले जित्यो टस
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
753
Shares
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई रोमाञ्चक खेलहरू हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजेदेखिको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्स भिड्दै छन् ।
लिगको दोस्रो खेलमा चितवनले टस जितेर पहिले कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ ।
दोस्रो खेलमा अपरान्ह ४ बजेदेखि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्स र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
सोमबार उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद शुरूआत गरिसकेको छ।