arrow

अर्थतन्त्र चुनौतीपूर्ण मोडमा, तत्काल कर प्रणालीमा सुधार आवश्यक:अध्यक्ष पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
birendra-sing.jpg

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गर्दै तत्काल कर प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा उनले कर नीतिको स्थायित्व हुनुपर्नेमा जोड दिए।

अध्यक्ष पाण्डेका अनुसार हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त छ। तर बजारमा माग घटेकाले उद्योगहरू न्यून क्षमतामा सञ्चालनमा रहेका छन्।

उनले भने, “ब्याज एकल बिन्दुमा छ, मूल्यवृद्धि न्यून बिन्दुमा छ, तर माग कमजोर हुँदा पैसा बैंकमा निष्क्रिय भएर बसेको छ। बैंकमा पैसा निष्क्रिय भएर बस्नु अर्थतन्त्रका लागि राम्रो संकेत होइन। त्यसको असर सरकारको राजस्व संकलनमा समेत पर्दै आएको छ।”

अध्यक्ष पाण्डेले लगानी अभिवृद्धि नगरी आर्थिक सूचकहरू सुधार्न नसकिने उल्लेख गरे। उनले लगानीकर्ताको निर्णयमा कर प्रणालीले नै प्रभाव पार्ने र स्वदेशी मात्र नभई विदेशी लगानीकर्ताले पनि कर नीति हेरेर लगानी गर्ने बताए।

उनको भनाइ छ, "लगानी विस्तार एवं औद्योगिक वातावरण निर्माणको लागि नीतिगत स्थायित्व निकै आवश्यक हुन्छ।"

उनले सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र आर्थिक सुधार कार्यन्वयन कार्ययोजना २०८२ ले पनि कर सुधारलाई महत्व दिएको बताउँदै यथाशक्य चाँडो कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको दोहोर्‍याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ