फेरि रोकिए बञ्चरेडाँडामा फोहर बोकेका गाडी [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
694
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध भएको छ । फोहर लिएर गएका गाडीहरु बन्चरेडाँडा जाने बाटोमा रोकिएका छन् ।
केही गाडी भने काठमाडौँ फिर्ता आएका छन् । सरकारसँग भएको सहमति पालना नभएको भन्दै स्थानीयबासीले फोहर विसर्जनमा अवरोध गरेका हुन् ।
यसअघि ऊर्जा मन्त्री कुलमान घिसिङ गएर समस्याको समाधान गरेको दाबी गरेका थिए । आफूहरुले जुन सरकार आए पनि आश्वासन मात्र पाएको भन्दै स्थानीयबासीले सहमति पालना नभएपछि फेरि अवरुद्ध गर्न गएको बताएका छन् ।
तस्बिरहरूस् सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी