arrow

एनएमबि बैङ्कद्वारा सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
nmb-softpos-app-nov-2025.jpg

काठमाडौँ। एनएमबि बैङ्कले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्त्वपूर्ण कदम अघि बढाएको छ। कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैङ्कले जनाएको छ।

यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्, यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ। 
सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैङ्कले जनाएको छ।

एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने “सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो। हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ।”

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैङ्कले जनाएको छ।

यस सेवाको सुरुवातसँगै, एनएमबि बैङ्कले डिजिटल बैङ्किङमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रस्ट पारेको छ। एनएमबि बैङ्कले हाल देश भरी २०२ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ