arrow

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
cg-electronic-crompton-geysr-lineup.jpg

काठमाडौँ। जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।

क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर हीटिङ्ग पर्फर्मन्स र सुरक्षित हीटिङ्ग सिस्टमका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘एसेन्जा प्लस’ (एएसडब्ल्यूएच-६११५/६१२५) र ‘सोलारियम केयर’ (एएसडब्ल्यूएच-३९१५/३९२५) सिरिजले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हीटिङ्ग इक्स्पीरीअन्स प्रदान गर्ने कम्पनीको दाबी छ।

जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव
कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हीटिङ्ग टेक्नोलोजीमा आधारित छन्। जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ। एक्जेनिया प्लस सिरिज आधुनिक घरका लागि प्रिमियम हीटिङ्ग पर्फर्मन्स उपलब्ध गराउँछ भने सोलारियम केयर सिरिजले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो हट वाटर सलूशन प्रदान गर्छ।

नयाँ मोडेलका प्रमुख विशेषताहरू
क्रम्प्टनका दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ:

  • रोबस्ट ग्लासलाइन कोटिङ्ग – हार्ड वाटर कन्डिसनमा पनि ट्याङ्कलाई दिगो र सुरक्षित राख्ने।
  • एलईडी वाटर टेम्प्रचर नोटीफिकेशन – पानी तात्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने एलईडी सूचक।
  • एन्टी-स्केल टेक्नोलोजी – ट्याङ्कभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने।
  • तीन बाथिङ्ग मोड – हाइजीन, बेबी केयर र हेयर केयर मोड; परिवारका सबै सदस्यका लागि अनुकूल र सहज।

एक्जेनिया प्लस सिरिज : स्मार्ट एनर्जी म्यानेजमेन्ट टेक्नोलोजी समावेश गरिएको छ। जसले ऊर्जा खपतलाई अनुकूल बनाइ हीटिङ्ग पर्फर्मन्स अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम हीटिङ्ग सलूशनका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।

सोलारियम केयर सिरिज : फाइभ-स्टार एनर्जी रेटिङ समावेश गरिएको छ। जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री हीटिङ्ग इक्स्पीरीअन्स प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।

देशभरका सीजी डिजिटल सो–रूमहरू, सीजी इलेकट्रोनिक्स डिलर नेटवर्क, तथा प्रमुख ई-कमर्स प्लेटफर्महरूमा नयाँ क्रम्प्टन गिजरहरूको बिक्री सुरु गरिएको छ। सीजी इलेकट्रोनिक्सले आफ्टर-सेल्स सर्भिस, इन्स्टलेशन  सपोर्ट, तथा स्पेर पार्ट्स उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ