काठमाडौँ । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा अहिले नेपालले साउदी अरेबियासँग खेलिरहेको छ । जितका लागि नेपालले २१९ रनको चुनौती पाएको छ ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै साउदीलाई २१८ रनमा रोकेको हो । साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो ।
मोहम्मद जुबेर सुनसराले ४८ तथा मोहम्मद रेहान सिद्धिकीले ४१ रन बनाए । नेपालका लागि अशोक धामीले २ तथा दयानन्द मन्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १–१ विकेट लिए ।