arrow

पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
pashupatisaa.JPG

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ।

पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने उद्देश्यले राखिएको फलामको बारले सम्पदालाई असर गर्ने देखिएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई अब काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पनि विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन कोषलाई पत्राचार गरिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ