यू–१९ प्रिमियर कपमा नेपाल र हङकङ मैदानमा, नेपाल टस जितेर ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
700
Shares
काठमाडौँ । यूएईको अजमानमा भइरहेको एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । नेपालले आक्रामक शुरुआत गरेको छ ।
यसअघि पहिलो खेलमा मंगलबार नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो ।
जितका लागि २१९ रनको चुनौती पछ्याएको नेपालले ३० ओभर ४ बलमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि निरजकुमार यादवले ९० बलमा ११४ रन बनाए । त्यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ६६ रन बनाउ । वंश क्षेत्रीले २० बलमा ३० रन बनाए ।
यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्र्दै साउदीलाई २१८ रनमा रोकेको हो । साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो ।
मोहम्मद जुबेर सुनसराले ४८ तथा मोहम्मद रेहान सिद्धिकीले ४१ रन बनाए । नेपालका लागि अशोक धामीले २ तथा दयानन्द मन्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १–१ विकेट लिए ।