arrow

लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
ason-indrachowk-82-8-11 (10).jpg

काठमाडौँ । देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्र हो काठमाडौँको असन र इन्द्रचोक क्षेत्र । लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्रको रूपमा स्थापित भएको थियो ।

दिनको समयमा जति गुल्जार बन्छ असन इन्द्रचोक क्षेत्र बिहान र साँझको समयमा पनि त्यस्तै रहने गर्दछ ।

असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुनदेखि सुनसम्म पाइने गर्दछ ।

त्यसैले त यो क्षेत्र विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ ।

बिहानको समयमा भने अधिकांश हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत तात्तातो सेल रोटीसम्म किन्न र खाना पाइन्छ ।

बिहानी समयको व्यापारलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले समयसीमा निर्धारण गरेको छ । लामो समयदेखि इन्द्रचोक क्षेत्रमा बिहानको समयमा तरकारी बिक्री गर्दै आएका श्रीराम रायमाझीका अनुसार एक वर्ष अगाडिसम्म ९ बजे सम्म व्यापार गर्न  पाइन्थ्यो पनि अहिले भने समय घटाएर ८ बजे सम्ममात्र व्यापार गर्न पाइने नियम लागू भएको बताए ।
जाडोयाम सुरु भएको छ, मानिसहरू ७ देखि ७स्३० तिर मात्र किनमेल गर्न आउँछन्, र ८ बजे त पसल उठाई सक्नु पर्छ, जसले गर्दा राम्रोसँग व्यापार गर्न नपाएको उनको भनाई छ ।

काठमाडौँमा सहरीकरणसँगै विभिन्न सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि असन इन्द्रचोक क्षेत्रमा भने यसको खासै प्रभाव देखिँदैन, यस क्षेत्रमा बिहान देखि साँझसम्मै ग्राहकको भिड लाग्ने गर्दछ ।  असन इन्द्रचोक बजारमा आमग्राहकले खोजेको सामान सहजै पाइने हुनाले पनि यो सधैं गुल्जार हुने गरेको छ ।

अधिकांश व्यापारिक अनुसार  बिहानको व्यापार गर्ने समय केही थप गरिदिए बिक्रीका लागि ल्याइएको सामग्री फिर्ता लाग्न नपर्ने थियो ।

अहिले व्यापारको समय ८ बजे सम्म निर्धारण गरिए पनि ७ः४५ देखि नै नगरप्रहरी पसल उठाउन सिट्टी बजाउँदै आउने व्यापारीहरूले बताए ।

ason-indrachowk-82-8-11 (6).jpg
ason-indrachowk-82-8-11 (7).jpg
ason-indrachowk-82-8-11 (8).jpg
ason-indrachowk-82-8-11 (9).jpg
ason-indrachowk-82-8-11 (10).jpg
ason-indrachowk-82-8-11 (11).jpg
ason-indrachowk-82-8-11 (12).jpg
ason-indrachowk-82-8-11 (13).jpg
ason-indrachowk-82-8-11 (14).jpg
ason-indrachowk-82-8-11 (15).jpg
ason-indrachowk-82-8-11 (16).jpg
ason-indrachowk-82-8-11 (17).jpg
ason-indrachowk-82-8-11 (1).jpg
ason-indrachowk-82-8-11 (2).jpg
ason-indrachowk-82-8-11 (3).jpg
ason-indrachowk-82-8-11 (4).jpg
ason-indrachowk-82-8-11 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ