arrow

काठमाडौँ महानगरले नगरवासीलाई दिने भयो डिजिटल साक्षरता तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
internet-2081.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका (कामपा) ले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउन र इन्टरनेटजन्य असुरक्षाबाट बचाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ।

कामपाका प्रवक्ता नवीन मानन्धरले प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा लगाउन र प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए। प्रवक्ता मानन्धरका अनुसार प्रविधिको सही प्रयोगबाट सेवामा सहज पहुँच बढाउन र यसमा हुनसक्ने जोखिमबाट महानगरवासीलाई बचाउन प्रशिक्षण चाहिएको छ। उनले कार्यान्वयन गर्न चाहेको विद्युतीय शासनको प्रभावकारी कार्यान्वयनका लागि नागरिकलाई आत्मविश्वाशका साथ प्रविधि चलाउन सक्ने बनाउनुपर्ने र साइबर सुरक्षाका विषयमा जानकार बनाउनुपर्ने भनाइ राखे।

कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार पहिलो चरणमा वडा नं १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिनेछ। प्रशिक्षणमा मोबाइल प्रविधि, स्मार्टफोनको सही सेटिङ, गलत एप्लिकेसनको जोखिम, मोबाइल डाटा, वाइफाइको प्रयोग र सुरक्षाजस्ता विषयहरू समावेश हुनेछन्।

त्यस्तै, डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन भुक्तानीमा हुनसक्ने ठगी र बच्ने उपायबारे ज्ञान दिनुका साथै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड) को प्रयोग, भाइरस, एन्टी भाइरस र शङ्कास्पद लिङ्कको पहिचान र बच्ने तरिका जस्ता विषयहरूमा महानगरवासीलाई बुझ्न सक्ने बनाउन प्रशिक्षण सञ्चालन गर्न लागिएको कामपाको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ