arrow

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
acc-u19-premier-cup-champions-2025.jpg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

यो खेल अजमान मैदानमा बिहान पौने ११ बजेदेखि शुरू हुनेछ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणको खेलमा  नेपालले लगातार दुई जित हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
 
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको  छ ।

अर्को सेमिफाइनलमा यूएई र ओमान भिड्ने छन् । 

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै  टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । 

यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ