arrow

एमालेको ११औँ महाधिवेशनः बाजुराबाट १६ जना प्रतिनिधि सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
uml-party-office-11-07.jpg

बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ। यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको ११औँ महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् ।

खुला, महिला, दलित र युवा कोटा गरी १६ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन्।

प्रतिनिधि छनोटमा खुलातर्फ सात जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । 

महिलातर्फ चार जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ । दलिततर्फ चार जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्कीलाई छनोट गरिएको हो ।

यस्तै ४० वर्ष मुनिको युवा कोटामा प्रभावशाली युवा नेता नरेश रोकाया सर्वसम्मत बनेका हुन् । 

रोकाया अनेरास्ववियुको अध्यक्ष हुन् । उनी उमेर हदका कारण रोकिएका थिए ।

पार्टीका नेता कार्यकर्ताबीच आपसी समन्वय, सहकार्य र विश्वासका कारण सहज रुपमा नेतृत्व छनोट भएको एमाले बाजुराका सचिव काशी विकले बताए ।

पार्टीले सर्वसम्मत चयनलाई आगामी राजनीतिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। 

बाजुराबाट कर्णबहादुर थापा स्थायी कमिटी, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही केन्द्रीय सदस्य छन् भने बसुन्धरा रोकाया आयोग सदस्य हुन् ।

बाजुराकै कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष छन् । उनी प्रदेश कमिटीबाट प्रतिनिधि छानिने छन् । 

नेकपा एमालेको आशन्न महाधिवेशनलाई लिएर शनिबार देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् । 

एमालेका संगठित सदस्य छ लाख ६७ हजार छ सय ३० बाट प्रतिनिधि चुनिँदैछन् ।

झण्डै दुई हनार दुई सय प्रतिनिधि रहने महाधिवेशनका लागि यस पटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ