स्वशासन व्यवस्था आए मुलुक नरहन सक्छ : दीपक ज्ञवाली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
852
Shares
काठमाडौँ । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् ।
जेन-जी एलाईन्स फर मोनार्कीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले स्वशासन व्यवस्था आए मुलुक नरहन सक्ने अवस्था आउने चेतावनीसमेत दिए ।
जलस्रोतविद् समेत रहेका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रस्ताव राख्नेले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गरे ।
उनले सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याए ।
पूर्वमन्त्री ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हँुदा त देखिहाल्नु भयो- कस्ता कस्ता रहेछन यहाँ ओली र देउवा । अव प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरुले भारतमा लगेर मिसाईदिउँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन । चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एण्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो । नेपालमा स्थिर सरकार आउनका लागि अरु नै उपायहरु छन । यसले स्थिर सरकार ल्याउँदैन, निरकंशता जन्माउँछ । यो बहसमा हामी अघि बढि नै ओर्लनुपर्ने हुन्छ । नत्र देशनै हिँडने स्थिति आउन सक्छ ।’
त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरूले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाए ।