arrow

एनएमबि बैङ्कद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
nmb-bank-ncel-mou-nov-2025.jpg

काठमाडौँ। एनएमबि बैङ्कले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्‍याउने छ। सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैङ्कले जारी गरेका भिसा / मास्टर कार्ड मार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन्। यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ।

पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर प्रविधि समावेश गरिएको छ। जसले कारोबारको प्रमाणीकरण (भेरीफिकेशन) का लागि ओटिपि वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ। यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ। सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैङ्कले लिएको छ।

बैङ्कले यो सहकार्य ई–कमर्सलाई बढवा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्त्वपूर्ण हुने विश्वास लिएको छ। सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर, यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको छ। आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैङ्कमा सम्पर्क गर्न सक्नेछन्।

एनएमबि बैङ्कले हाल देश भरी २०२ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ