arrow

मोटरसाइकल बिजुलीको पोलमा ठाेक्किँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
accident-final.jpg

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा-२ मा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा इनरुवा-१० जलपापुरका ३९ वर्षीय हारुन अंसारी रहेको प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।

इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

अंसारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ