arrow

सार्वजनिक सङ्कटकाल घोषणा

श्रीलङ्कामा चक्रवात 'दित्वा' को विनाश: एक सय ५९ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
srilanka-ditwa.jpg

काठमाडौँ । पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको चक्रवात ‘दित्वा’ का कारण श्रीलङ्कामा मानवीय क्षति र विनाशको अवस्था गम्भीर बनेको छ।

श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएअनुसार चक्रवातका कारण मृत्यु हुनेहरूको सङ्ख्या एक सय ५९ पुगेको छ भने दुई सय तीन जना अझै बेपत्ता रहेका छन्। देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन्।

गम्भीर रूपमा बिग्रँदो परिस्थितिले देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक सङ्कटकाल लागू गरेका छन्। हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ। 

प्रकोपका बीच उद्धार तथा राहत कार्यलाई सहज बनाउन अधिकारीहरूले ९१९ वटा सुरक्षा आश्रय केन्द्र स्थापना गरेका छन्, जसमा विस्थापितलाई राख्ने व्यवस्था मिलाइँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ