एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई मैदानमा, नेपाल बलिङमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
761
Shares
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले भइरहेको छ । उपाधिका लागि नेपाल र यूएई भिडिरहेका छन् ।
अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो भने यूएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।
तेस्रो स्थानका लागि आजै मलेसिया र ओमान खेलिरहेका छन् । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।
प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो र यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।