arrow

एमालेमा अधिकार प्रत्यायोजनको नाममा प्रतिनिधि मनोनयन, संस्थापन इतरका कार्यकर्तालाई निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
uml-cpn.jpg
फाइल तस्बिर

जनक
हुम्ला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हुम्लामा आगामी मङ्सिर २७–२९ गते काठमाडौंमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरी गरिएको एमाले हुम्लाका निर्वाचन अधिकृत तिर्थराज भण्डारीले जनाएका छन्  । 

महिला प्रतिनिधिमा सहमति नजुटेपछि हलमै रहेका प्रतिनिधिहरूको मनोभावना र सहमतिका आधारमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरी निर्णय गरिएको उनको भनाइ  छ । 

प्रत्यक्ष निर्वाचनको अपेक्षा गरेका स्थानीय प्रतिनिधि तथा कार्यकर्ताले यसप्रति असन्तुष्टि जनाउँदै आन्तरिक विवाद सार्वजनिकरूपमै चुलिएको छ।

स्थानीय कार्यकर्ताका अनुसार प्रतिनिधि छनोटमा विभेद, गुटबन्दी र मनोमानी गरिएको  संस्थापन पक्षले एकलौटी ढंगले निर्णय लिँदै संस्थापन इतरपक्षका कार्यकर्तालाई पूर्ण रूपमा निषेध गरिएको आरोप लगाएका छन् ।

दल फडेरा निकट नेताहरूले एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावलको सक्रियतामा भएको निर्णयमा अर्का केन्द्रीय सदस्य दल फडेराको पक्षबाट एक जनासमेत नसमेटिनु स्पष्ट गुटगत कदम भएको अखिल नेपाल महिला संघ हुम्लाकी इन्चार्ज रुपा शाहीले भनिन् ।

सहमति भयो भनिए पनि न हामीसँग सहमति छ न हस्ताक्षर। दुई–चार जनाले बसेर सार्वजनिक गरिएको नामलाई सर्वसम्मत भनिन मिल्दैन। यस्तो अभ्यासले संगठनमा दीर्घकालीन संकट निम्त्याउनेछ। शाहीले पार्टी निर्माणमा लामो समयदेखि सक्रिय रहेका धेरै महिला कार्यकर्तालाई दबाउने प्रवृत्ति बढेको शाहीले आरोप  लगाएकी छन् ।

यसैबीच एमाले हुम्लाका निर्वाचन अधिकृत तिर्थराज भण्डारीले भने प्रतिनिधि चयन विधि–विधानअनुसार सर्वसम्मत भएको दाबी गरेका छन्।

उनका अनुसार अध्यक्षमा ज्ञामी बुमी, सदस्यमा लोकबहादुर हमाल, बिमला कुमारी शाही, प्रतिमा लामा, दलित तर्फबाट पर्वत सुनार, र ४० वर्षमुनिका युवा तर्फबाट तीर्थराज बोहरा गरी छ जनाको नाम सर्वसम्मत रूपमा घोषणा गरिएको हो।

 दलित र युवा कोटा शुरुबाटै निर्विरोध भइसकेका थिए। महिला प्रतिनिधिमा सहमति नजुटेपछि हलमै रहेका प्रतिनिधिहरूको मनोभावना र सहमतिका आधारमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरी निर्णय गरिएको भण्डारीले स्पष्ट पारे। भित्र सहमति गरेर बाहिर आएपछि अस्वीकार गरेपनि यसको कुनै तुक नभएको उनको तर्क छ ।

त्यसैगरी एमाले हुम्लाका सचिव तीर्थराज बोहोराले अहिले गराइएको प्रतिनिधि छनोट कुनै व्यक्तिको पक्षमा नभई हलमा भएका सबैको सहमतिमा भएको बताए।

आफू नहिँड्ने, अरूलाई पनि बाटो नछोड्ने प्रवृत्तिलाई निषेध गर्दै संगठन समयसापेक्ष अघि बढेको उनले दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ