arrow

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
accident-final.jpg

मोरङ । मोरङको बेलबारी-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।

बुधबार दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को२त ९६१३ नम्बरको ट्याक्टरमा सवार चार जनामध्ये तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव फरार रहेकाले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ