arrow

राजा, दल र जेन–जी' बीच त्रिपक्षीय सम्झौता गरियोस् - प्रवक्ता शाही [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
gyan-bdd-saha-.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउँदै देशलाई वर्तमान संकटबाट निकास दिनका लागि राजा, राजनीतिक दल र जेन–जी (युवा पुस्ता) बीच त्रिपक्षीय सम्झौता गरिनुपर्ने बताएका छन्।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराबी रहेको उल्लेख गर्दै आफूहरूले माग पूरा नभए सडक आन्दोलन शुरु गर्ने चेतावनीसहित आन्दोलनको घोषणा गरेका हुन्। उनका मुख्य मागहरूमा प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउनु, राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था कायम गर्नु र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने समावेश छन्। उनले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो संवैधानिक राजसंस्था नेपालमा आवश्यक रहेको बताए।

यसका साथै, शाहीले संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास को माग पनि राखेका छन्। उनले 'जेन–जी हत्यारालाई' पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत गरे। जेन-जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा युद्ध हारेको टिप्पणी गर्दै उनले २३ गतेको प्रदर्शनमा राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुन आम जनतालाई आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ