arrow

म जित्न जन्मेको मान्छे 

logo
कविता गौतम,  
प्रकाशित २०८२ मंसिर २० शनिबार
kabita gautam-82-8-20yy.jpg

म झुक्दिन, म डराउँदिन
म आफ्नै बाटोमा उभिन्छु
किनकि 
मेरो मुल्य मेरो कर्ममा छ
मेरो संघर्षमा छ ।

म कमजोर क्षणहरुमा पनि 
आफूलाई हराउन दिँदिन 
अध्यारोले घेरे पनि 
मेरो मनको प्रकाश निभ्न दिँदिन
म त उठ्छु 
लड्छु
र, अगाडि बढ्छु
किनकि
जित मेरो अधिकार हो
र, म जन्मदेखि नै 
जित्न जन्मेको मान्छे हुँ ।

कसैले मलाई 
डर देखाए पनि 
म डराउँदिन
कसैले रोक्न प्रयास गरे पनि 
म रोकिन्न
किनकि 
म झुक्न होइन 
म त जित्न जन्मेको मान्छे हुँ ।

म आफ्नो निर्णयमा विस्वास गर्छु
म आफ्नो कर्ममा गर्व गर्छु 
किनकि
मेरो आत्मा बलियो छ
मेरो मन अडिग छ
त्यसैले त म झुक्दिन
म डराउँदिन
म हार्दिन 
म जित्न जन्मेको मान्छे हु
किनकि म भनेको म नै हुँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ