दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय श्रृंखला भारतलाई
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
798
Shares
काठमाडौँ । दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । तेस्रो तथा निर्णायक खेल शनिबार राति ९ विकेटले जितेर भारतले तीन खेलको श्रृंखला २–१ ले जितेको हो । २७१ रनको चुनौती भारतलले ३९.५ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो ।
यशस्वि जैसवालले १२१ बलमा अविजित रहँदै ११६ रन बनाए । रोहित शर्माले ७३ बलमा ७५ रन जोडे । त्यस्तै विराट कोहलीले ४३ बलमा ६५ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डि ककको १०६ रनको मद्धतले ४७.५ ओभरमा अलआउट हुँदै २७० रन बनाएको थियो । प्रसिद्ध कृष्ण र कुलदीप यादवले समान ४ विकेट लिए ।
पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो । तीन खेलमा ३०२ रन बनाएका कोहली प्लेयर अफ द सिरिज भए ।