एमाले महाधिवेशनपछि मुलुकलाई एकता र पुनर्निर्माणको मार्गमा लैजाने ओलीको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
2.3k
Shares
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि आफ्नो नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनर्निर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गरेका छन्।
बिहीबार राजधानी काठमाडौँमा सम्पादकहरूसँगको संवादमा उनले भने, "अहिले राष्ट्रिय पुनःजागरण, पुनर्स्थापना, राष्ट्रिय पुनर्निर्माण र सुशासनको अभियान यी चार वटा कुराहरू गर्नुपर्नेछ। मेरो नेतृत्वमा मेरो पार्टीले यी कुराहरूकै अगुवाई गर्ने हो। एकता, पुनर्स्थापना र पुनर्निर्माण गर्नुपर्नेछ। महाधिवेशनपछि मेरो नेतृत्वको नेकपा (एमाले)ले यो कामहरू गर्छ।"
ओलीले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएपनि स्थिति त्यतातिर नगएको बताए। उनले पार्टीको आगामी अध्यक्ष आफैँ हुने थाहा भएपनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गरे। महाधिवेशनको प्रस्तावबारे शुक्रबार अन्तिम छलफल बसेर टुङ्गिने जानकारी दिँदै उनले अघि बढाउने प्रस्ताव सहमतिमै हुने बताए।