arrow

एमाले महाधिवेशनको बन्द सत्रः भृकुटीमण्डपमा चहलपहल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
uml-banda-satra-82-8-28ppp.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा बस्दैछ । बिहान ८ बजे बस्ने भनिएको बन्द सत्रलाई रोकेर पहिले केन्द्रीय कमिटी बैठक बसेपछि मात्र बन्द सत्र शुरु हुनेछ । 

बन्द सत्र दिउँसो १२ः३० बजेमात्र शुरु हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । शनिबारदेखि शुरु भएको महाधिवेशनको बन्दसत्र बिहानदेखि हुने भनिए पनि पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गरी टुंगोमा पुगेपछिमात्र बन्द सत्र शुरु हुनेछ । 

बन्द सत्रका बेलामा आएर पार्टीको विधान संशोधन गर्नुपर्नाको कारण खुलाइएको छैन । कुन विषयमा संशोधन हुँदैछ भन्ने एजेन्डासमेत नदिएकाले अलमल भएको बताइएको छ । 

यसअघि शनिबार सल्लाघारीमा भएको उद्घाटन सत्रलाई भने एमालेले भब्य भएको दाबी गरेको छ । 

यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।

अहिलेसम्म अध्यक्षमा दुई पटक अध्यक्ष भइसकेका केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

ओलीले अझै पनि पूरै कार्यसमिति सहमतिमा बनाइने दाबी गरेका छन् । 

uml-general-assambly-82-8-28yyy (1).jpeg
uml-general-assambly-82-8-28yyy (2).jpeg
uml-general-assambly-82-8-28yyy (3).jpeg
uml-general-assambly-82-8-28yyy (4).jpeg
uml-general-assambly-82-8-28yyy (5).jpeg
uml-general-assambly-82-8-28yyy (2).jpg
uml-general-assambly-82-8-28yyy (3).jpg
uml-general-assambly-82-8-28yyy (4).jpg
uml-general-assambly-82-8-28yyy (5).jpg
uml-general-assambly-82-8-28yyy (6).jpg
uml-general-assambly-82-8-28yyy (7).jpg
uml-general-assambly-82-8-28yyy (8).jpg
uml-general-assambly-82-8-28yyy (9).jpg
uml-general-assambly-82-8-28yyy (10).jpg
uml-general-assambly-82-8-28yyy (11).jpg
uml-general-assambly-82-8-28yyy (12).jpg
uml-general-assambly-82-8-28yyy (13).jpg
uml-general-assambly-82-8-28yyy (14).jpg
uml-general-assambly-82-8-28yyy (15).jpg
uml-general-assambly-82-8-28yyy (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ