arrow

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

एकको मृत्यु, ७२ लाख बढीको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
fire-final.jpeg

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन्, जसमध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन्। विपद्मा परेर एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् र कूल ७२ लाख ९०० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागीका घटनाहरू कतै डढेलो लाग्दा, कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा, बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाको अभावमा भएको प्राधिकरणको विवरणमा उल्लेख छ। हिउँदमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ। आगलागीका घटना रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई/दुई स्थानमा तथा मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक/एक स्थानमा घटेका छन्।

अन्य विपद्हरूमध्ये काठमाडौँको दक्षिणकाली नगरपालिका–५ पूरानो दक्षिणकाली जंगलमा लागेको डढेलो इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको थियो। यसैगरी, पाल्पामा पहिरो गएको र मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ, जसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ