arrow

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, मंगलबार मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
uml-banda-satra.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले दिएको जानकारीअनुसार आज बिहान १०:३० देखि १:३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुनेछ। आयोगले बिहान १०:१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्नेछ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ९:०० देखि दिउँसो १२:०० बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गरिनेछ। मनोनयनपछि आजै दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र २:३० देखि ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ।

यस्तै, आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि दिउँसो ३:१० देखि ५:०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६:०० बजे प्रकाशित गर्नेछ।

निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ। आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि पुस १ गते बिहान ११:०० देखि बेलुका ५:०० बजेसम्म महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान हुनेछ।

एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिन बाट मतदान गर्ने भएको छ। महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ