arrow

एमालेको ११औँ महाधिवेशन

एमाले महाधिवेशनको मतदान १ बजेबाट, नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी, अन्यमा यस्तो छ भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
uml-bandasatra-082.jpg

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ। एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार, मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुनेछ।

निर्वाचनको समय बिहान ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको छ। यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएकामा सोमबार निर्वाचन कार्यतालिका संशोधन गर्दै समय परिवर्तन गरिएको हो।

११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे को उम्मेदवारी रहेको छ। उपाध्यक्ष पदमा अरुण नेपाल, गुरु बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुरामेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा 'बादल', डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ।

त्यसैगरी, उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी रहेको छ। सचिवका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्की सहित २० जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार, मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ