ओली समूहमा नपरेपछि उम्मेदवारी दिएका राजेन्द्र गौतमले लिए नाम फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
2.1k
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार रहेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ताको घोषणा गरेको बताए।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको आधिकारिक समूहमा नाम नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका थिए।
उपमहासचिव पदबाट पछि हटे पनि खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै रहेको उनले बताए। एमालेको नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा मतदान प्रक्रिया हुँदैछ।