arrow

एमाले महाधिवेशन

मतदानको समय फेरियो: एमाले नयाँ नेतृत्व चयनका लागि ४ बजेदेखि मात्रै भोटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
uml-bandasatra-082.jpg

काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हुने भनिएको मतदानको समय परिवर्तन गरिएको छ। एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार दिउँसोका लागि तय गरिएको मतदानको समय सारेर दिउँसो ४ बजेका लागि तोकिएको छ।

यसपटक विद्युतीय उपकरण (भोटिङ मेसिन) मार्फत मतदान गर्न लागिएको र मेसिनमा धेरै उम्मेदवारहरूको फोटोसहितको विस्तृत विवरण राख्नुपर्ने भएकाले प्राविधिक तयारीमा समय लागेर मतदान ढिला भएको उनले बताए। उम्मेदवारको सङ्ख्या धेरै भएका कारण एक जना प्रतिनिधिलाई सबै पदमा भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ।

विद्युतीय मेसिनको प्रयोगका कारण मतदान प्रक्रिया सकिएको एकदेखि दुई घण्टाभित्रै चुनावी परिणाम सार्वजनिक हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ