विनाशकारी चक्रवातका कारण बन्द विद्यालय पुनः सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
1.7k
Shares
काठमाडौँ। श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताएका छन् ।
शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार १० हजार ७६ ओटा प्रभावित विद्यालय मध्ये नौ हजार नौ सय २९ विद्यालय पुनः खोलिएको छ भने तीन प्रान्तका एक सय ४७ विद्यालय आपतकालीन अवस्थाका कारण अझै बन्द छन् ।
बन्द विद्यालयहरू उवा, मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा छन्, जुन चक्रवातका कारण सबै भन्दा बढी प्रभावित भएका थिए ।
विपद् प्रभावित क्षेत्रका विद्यार्थीलाई सहयोग गर्न श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले बाँकी वर्षका लागि विद्यालय स्थरका विद्यार्थीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्ने जनाएको छ ।
यसै बीच शिक्षा मन्त्रालयले सन् २०२५ को शैक्षिक वर्षका लागि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि तेस्रो अवधिको परीक्षामा रोक लगाएको छ ।
यसअघि श्रीलङ्कामा विद्यालयको दोस्रो चरण डिसेम्बर ८ देखि शुरू हुने तय गरिएको थियो ।
तर, शिक्षा मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको विपत्तिको कारण विद्यालयहरू तोकिएको समयमा खोल्न नसकिएको जनाएको छ । एजेन्सी