arrow

एनएमबि बैङ्कले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
nmb-bank-online-loan-tracker-dec-2025.jpg

काठमाडौँ। एनएमबि बैङ्कले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ। बैङ्कले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (एमएसएमई) कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। 

यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैङ्कको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन्।

बैङ्कमा कर्जाका लागि आवश्यक कागजातहरू पेस गरेपश्चात् ग्राहकले एउटा 'ट्र्याकिङ नम्बर' प्राप्त गर्नेछन्। सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैङ्कको वेबसाइटमा गई डिजिटल बैङ्किङ खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ चयन गरी वा सिधैमा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन्।

यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैङ्कले विश्वास लिएको छ।

एनएमबि बैङ्कले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ