arrow

स्मार्ट एआई प्रविधिसँगै दीर्घकालीन भरोसा: गोदरेजको ४ वर्षे ‘पूर्ण वारेन्टी’ - ‘केबल गोदरेजमा’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
cg-godrej-four-years-warranty-dec-2025.jpg

काठमाडौँ । उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने लक्ष्यसहित ‘गोदरेज एप्लाएन्सेस’ले नेपाली बजारमा आफ्ना विशिष्ट श्रेणीका (प्रिमियम) अगाडिबाट लुगा हाल्ने (फ्रन्ट–लोड) वाशिङ मेसिनहरूमा ४ वर्षे ‘पूर्ण वारेन्टी’ योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ।

“केबल गोदरेजमा” भन्ने नारासहित सुरु गरिएको यो पूर्ण वारेन्टी सुविधाले वाशिङ मेसिनको विधामा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मानकका रूपमा स्थापित गरेको छ। गोदरेजले आफ्ना वाशिङ मेसिनहरूमा ४ वर्षको पूर्ण वारेन्टीका साथै १० वर्षको मोटर वारेन्टी प्रदान गर्दै मर्मत, पार्टपुर्जा र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई लामो समयसम्म निश्चिन्त बनाएको छ।

गोदरेजका यी वाशिङ मेसिनहरू ‘एआई’ अर्थात् कृत्रिम बौद्धिकताद्वारा सञ्चालित ‘पानीको धमिलोपन जाँच्ने प्रविधि’ (एआई-सञ्चालित टर्बिडिटी सेन्सिङ) सहित डिजाइन गरिएका छन्। यो प्रविधिले पानीमा रहेको सरफको मात्रा पहिचान गरी आवश्यकता अनुसार पखाल्ने प्रक्रियालाई स्वचालित रूपमा समायोजन गर्छ। यसले १५० प्रतिशतसम्म बढी पखाल्ने क्षमता प्रदान गर्दै, सामान्य पखाल्ने चक्रको तुलनामा ५० प्रतिशतसम्म बढी कडा सरफ वा फोहोर हटाउन सक्षम बनाउँछ। परिणामस्वरूप कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहन्छ।

घरायसी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका प्रमुख विशेषताहरू:

  • १०० भन्दा बढी कडा दागसँग प्रभावकारी लडाइँ: (बेसार, दाल, कुकुम, मेहन्दी र अचार जस्ता दागहरू सहित)
  • भित्री हिटरसहितको बाफले धुने प्रविधि : पानीलाई ९५ डिग्री सेल्सियससम्म तताएर गहिरो र स्वास्थ्यवर्धक धुलाई।
  • स्वचालित जानकारीसहितको अत्याधुनिक ‘टब’ सफाइ: ९५ डिग्री सेल्सियसको तापक्रममा, प्रत्येक ४५ धुलाइपछि ‘ड्रम’ सफा गर्न स्वचालित रूपमा सम्झाउने सुविधा।
  • ६५ प्रतिशतसम्म पानी बचत: माथिबाट लुगा हाल्ने (टप–लोड) वाशिङ मेसिनको तुलनामा बढी कार्यदक्षता।
  • १४०० आरपीएमको उच्च गतिको मोटर: बढी पानी निचोर्ने र छिटो सुकाउने सुविधा।
  • डिजिटल इन्भर्टर मोटर प्रविधि: शान्त सञ्चालन, ऊर्जा–दक्षता र लामो समय टिक्ने।
  • ताजा बनाउने प्रोग्राम: हल्का प्रयोग भएका कपडालाई बाफद्वारा ताजा बनाउने सुविधा।
  • हाइजिन वाश: जीवाणु नियन्त्रणसहितको गहिरो र सुरक्षित सफाइ।

मोडेल र उपलब्धता गोदरेजका यी विशिष्ट वाशिङ मेसिनहरू ‘इओन रिग्यालिस सिरिज’ अन्तर्गत ८ केजी र ९ केजी क्षमतामा (म्याट कालो र रोज गोल्ड रङमा) नेपालभर चौधरी ग्रुप (सीजी) इलेकट्रोनिक्समार्फत उपलब्ध छन्।

अत्याधुनिक प्रविधि, उच्च सरसफाइ र पूर्ण वारेन्टीको संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट प्रविधिसँग दीर्घकालीन भरोसा प्रदान गरेको छ। ‘४ वर्षे पूर्ण वारेन्टी – केबल गोदरेजमा’ योजनाले वाशिङ मेसिनको बजारमा विश्वासको नयाँ आधार तयार गरेको छ। यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ