arrow

एमाले महाधिवेशनमा पर्चा, पम्प्लेट जथाभावी फाल्दा प्रदर्शनीमार्ग फोहरको डंगुर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
uml-11th-general-ass-82-9-2 (3).jpg

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । बुधबार बिहान ८ बजेदेखि मतदान हुने भनेसँगै मतदाताहरु लाइनमा बसिरहेका छन् । 

चहलपहल तीव्र भइरहेको छ । त्योसँगै कुरुप पाटो पनि छताछुल्ल भएको छ । आफ्ना नेता तथा पदाधिकारीहरुका लागि भोट मागेर पर्चा, पम्पलेट जथाभावी फाल्दा प्रदर्शनीमार्ग क्षेत्र फोहरको डंगुर बनेको छ । 

उक्त फोहर फाल्न महानगरको ब्रुमरले सफा गरेको छ । 

महाधिवेशन अस्तव्यस्त
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मतदान समयमा हुन नसक्दा धेरै कुरा प्रभावित भएको छ । भृकुटीमण्डपको केन्द्रमा महाधिवेशन चलिरहँदा भृकुटीमण्डप क्षेत्र पूरै प्रभावित भएको छ । 

महाधिवेशनमा मंगलबार मतदान हुने भनिए पनि पटक पटक समय थपेर बुधबार बिहान ८ बजेलाई सारिएको थियो । यसरी मतदान सारिँदा धेरैलाई मर्का परेको छ । 

पुतलीसडक पद्मोदय मोडदेखि राष्ट्रिय सभागृहसम्मको पूरै सडकमा सवारी आवतजावत ठप्प छ । त्यतिमात्र होइन त्यो स्थानमा पर्ने बाल्मिकी, आरआर, नेपाल ल र विश्वभाषा क्याम्पसको पठनपाठन नै प्रभावित भएको छ । 

महाधिवेशन प्रतिनिधिहरुको बसाई लम्बिएको छ भने आफ्नो निर्धारित तालिकालाई नै प्रभावित पारेपछि केहीले असन्तुष्टि नै व्यक्त गरेका छन् । 

अध्यक्ष पदका लागि तेस्रो पटक अध्यक्ष बन्न केपी शर्मा ओली लागिपरेका छन् । त्यस्तै उनलाई ईश्वर पोखरेलले टक्कर दिएका छन् । ईश्वरको टिमले जित्यो भने सबै पदमा परिवर्तन हुने देखिन्छ भने ओलीले जित्दा उनीजस्तै गरी अन्य पदाधिकारीका पद दोहोरिने छन् । 

uml-11th-general-ass-82-9-2 (17).jpg
uml-11th-general-ass-82-9-2 (1).jpg
uml-11th-general-ass-82-9-2 (2).jpg
uml-11th-general-ass-82-9-2 (3).jpg
uml-11th-general-ass-82-9-2 (4).jpg
uml-11th-general-ass-82-9-2 (5).jpg
uml-11th-general-ass-82-9-2 (6).jpg
uml-11th-general-ass-82-9-2 (7).jpg
uml-11th-general-ass-82-9-2 (8).jpg
uml-11th-general-ass-82-9-2 (9).jpg
uml-11th-general-ass-82-9-2 (10).jpg
uml-11th-general-ass-82-9-2 (11).jpg
uml-11th-general-ass-82-9-2 (12).jpg
uml-11th-general-ass-82-9-2 (13).jpg
uml-11th-general-ass-82-9-2 (14).jpg
uml-11th-general-ass-82-9-2 (15).jpg
uml-11th-general-ass-82-9-2 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ