arrow

सीजी ब्रान्डद्वारा योजना सार्वजनिक: मुम्बईमा ' आइसिसी टी–२० वर्ल्ड कपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
cg-world-cup-t20-social-media-dec-2025.jpg

काठमाडौँ। अब पालो टी–२० वर्ल्ड कपको"। यही खेल उत्सवको उमङ्गलाई थप उचाइमा पुर्‍याउन नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले "सिजीको साथमा, वर्ल्डकप टिकट हातमा" "#लेभलअफविथसिीजी भन्ने मूल नाराका साथ आफ्नो नयाँ उपहार योजना  सार्वजनिक गरेको छ।

आगामी आइसिसी टी–२० वर्ल्ड कपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका सामानहरूको खरिदमा हात खाली नजाने पक्का उपहारहरू र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार, “बम्पर उपहारमा विजेताहरूले आइसिसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यो योजनामा सहभागी हुन सिजी [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरे ३१००३ (३१००३) मा एसएमएस पठाउनुपर्नेछ र  लक्की ड्र मार्फत विजेताहरू छनोट गरिनेछ।"

विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट,  तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने 'नेपालको खेलको टिकट समावेश गरिएको छ।”

कम्पनीले जनाए अनुसार, “बम्पर उपहार बाहेक सिजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हात खाली नजाने गरी निम्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्। जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट, सिजी तथा सिजी मेरिडियाको ४३ इन्च किन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी सब्स्क्रिप्शन, त्यसको साथसाथै सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिनको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन्।"

यो योजना मङ्सिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेकट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेकट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ