arrow

ट्रकको ठक्करबाट युवतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
accident-final.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र०२-०६१प५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते भएका थिए । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।”

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ