गोदरेज अप्लायन्सेसको नेपाली बजारमा भव्य उपभोक्ता अभियान सुरु
आईसीसी टी-२० विश्वकपको खेल हेर्न मुम्बई यात्रा जित्ने अवसर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
775
Shares
काठमाडौँ। विश्वविख्यात र विश्वसनीय ब्रान्ड गोदरेज अप्लायन्सेसले नेपाली उपभोक्तालाई खरिद निर्णय गर्न प्रेरित गर्दै अविस्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले ‘सोचविचार गरेर छनौट गर्नुहोस्, सबैभन्दा ठूलो आवाज बन्नुहोस्’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउँछ। यो यात्रा पुरस्कार मात्र होइन, सम्पूर्ण नेपाली प्रशंसकको उत्साहको प्रतिनिधित्व गर्नेछ।
अभियानको मुख्य आकर्षण: आइसिसी टी२० विश्वकप २०२६ हेर्ने सुनौलो अवसर
यस अभियानको सबैभन्दा रोमाञ्चक विशेषता भनेको आइसिसी टी२० विश्वकप २०२६ को एक महत्त्वपूर्ण खेल प्रत्यक्ष हेर्ने मौका हो। अभियान अवधिमा सहभागी हुने भाग्यशाली ग्राहकले मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने टी२० अन्तर्राष्ट्रिय खेल प्रत्यक्ष अवलोकन गर्न ५ दिने मुम्बई यात्रा जित्नेछन्। यो अवसर नेपाली क्रिकेट प्रेमीहरूका लागि सपना साकार हुने अनुभव हुनेछ।
खरिदसँगै निःशुल्क आकर्षक उपहारहरू
अभियान अवधिभर गोदरेज अप्लायन्सेसका उत्पादन खरिद गर्दा ग्राहकहरूले निम्न उपहारहरू प्राप्त गर्नेछन्:
फ्रन्ट लोड वाशिङ मशीन: ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क
टप लोड तथा सेमी-अटोमेटिक वाशिङ मेसिन: इलेक्ट्रिक केतली निःशुल्क
एयर कन्डिसनर: निःशुल्क इन्स्टलेसन
लक्कीड्रमा सहभागी हुन ग्राहकले:
गोदरेज [स्पेस] [वारेन्टी कार्ड नम्बर] [स्पेस] [उत्पादनको नाम] [स्पेस] [ग्राहकको नाम] [स्पेस] [ठेगाना] टाइप गरी ३१००३ मा एसएमएस पठाउनु पर्नेछ।
यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नेपालमा गोदरेज अप्लायन्सेसका सम्पूर्ण उत्पादनहरू सीजी इलेकट्रोनिक्स मार्फत आधिकारिक रूपमा उपलब्ध छन्, जसले गुणस्तर, सेवा र वारन्टीको सुनिश्चित गर्दछ।