arrow

कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
pakrau9.jpg

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका-१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव छन् ।

प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए ।

यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए ।

यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

पृथ्वीराजमार्ग सडक-खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ