ब्ल्याक+डेकरका उपकरण खरिदमा मुम्बईमा नेपालको विश्वकप खेल हेर्ने अवसर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
852
Shares
काठमाडौँ । विश्वप्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले आफ्ना ग्राहकहरूका लागि "पावर योर होम" भन्ने नाराका साथ आईसीसी टी–२० वर्ल्डकप लक्षित विशेष उपहार योजना सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० विश्वकपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक+डेकरका घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार, यस योजनाको मुख्य आकर्षण भनेको भाग्यशाली विजेताले लक्की ड्र मार्फत प्याकेज प्राप्त गर्नेछन्।
यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्। जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।
यो योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक+डेकरको उपकरण खरिद गरेपछि B&D [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ (31003) मा SMS पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ।
यो योजना मंसिर २९ गतेदेखि देशभरिका सीजी डिजिटल आउटलेटहरू, एलजी शोप्स आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध हुने चौधरी ग्रुपले जनाएको छ। यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।
ब्ल्याक+डेकरले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता, र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको छ।
११५ वर्षभन्दा लामो इतिहास बोकेको यो ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ।
नेपालमा ब्ल्याक+डेकर ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स रहेको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
देशभर रहेका शोरुमहरू र सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।