arrow

विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा असर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
toyota-japan.jpg

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५दशमलव५ प्रतिशतले घटेर आठ लाख २१ हजार सात सय २३ इकाइमा सीमित भएको जानकारी दिएको छ ।

यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो ।

कम्पनीका अनुसार, विदेशमा उत्पादन ३दशमलव४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार पाँच सय ४६ सवारीसाधनमा झरेको छ भने जापानभित्रको उत्पादन ९दशमलव७ प्रतिशतले घटेर दुई लाख ५८ हजार एक सय ७७ इकाइमा आएको छ ।

यद्यपि, संयुक्त राज्य अमेरिकामा भने हाइब्रिड सवारीसाधनप्रति उच्च मागका कारण उत्पादनमा वृद्धि देखिएको छ ।

अमेरिकामा उत्पादन ९.० प्रतिशतले बढेर एक लाख सात हजार नौ सय ५३ इकाइ पुगेको छ, जसमा उच्च भन्सार शुल्कको बाबजुद माग बलियो भएको टोयोटाले बताएको छ ।

उत्पादनसँगै टोयोटाको विश्वव्यापी बिक्री पनि २दशमलव२ प्रतिशतले घटेर नौ लाख ११ इकाइमा सीमित भएको छ । यो पनि करिब ११ महिनामा पहिलोपटक बिक्रीमा देखिएको गिरावट हो ।

बिक्री विवरणअनुसार, विदेशमा बिक्री २शमलव६ प्रतिशतले घटेर सात लाख ६९ हजार सात सय ८९ रहेको छ, भने जापानमा बिक्री ०.२ प्रतिशतले घटेर एक लाख ३० हजार दुई सय २२ इकाइमा आएको कम्पनीले जनाएको छ ।

टोयोटाको उत्पादन र बिक्रीमा भएको यो कमीले आगामी महिनामा विश्व अटोमोबाइल बजारको माग तथा आपूर्ति कस्तो रहनेछ भन्ने विषयमा ध्यानाकर्षण बढाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ