arrow

थालीमा आगलागी हुँदा बालकको मृत्यु, आमा घाइते

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ पुष ११ शुक्रबार
fire-final.jpeg

हुम्ला  । खार्पुनाथ गाउँपालिका–२, थालीमा शुक्रबार साँझ भएको आगलागीमा १६ महिनाका रेबेन्द्र जेठाराको जलेर मृत्यु भएको छ भने उनकी आमा बर्रा जेठारा घाइते भएकी छन् । 

रामराज जेठाराको घरमा साँझ करिब ६ बजेतिर लागेको आगोले मानवीय तथा भौतिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

खाना पकाउने क्रममा कोठाको छेउँमा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

पेट्रोलका कारण आगो तीव्ररूपमा फैलिँदै केही मिनेटमै घरलाई पूर्ण रूपमा जलेको  खार्पुनाथ गाउँपालिका २नम्बर वडाका वडा अध्यक्ष चन्द्र रावलले बताए।

आगो नियन्त्रण गर्ने प्रयासका बीच घरभित्र रहेका परिवारलाई उद्धार गरिएको भए पनि १६ महिनाका बालक रेबेन्द्रलाई जोगाउन नसकिएको वडा अध्यक्ष रावलले बताए। 

स्थानीयवासीले धुवाँ र आगोको जोखिम मोली उद्धार प्रयास गरे पनि बालक घटनास्थलमै जलेर मृत्यु भएको स्थानीयले जनाएका छन्।

आगलागीका कारण घरभित्रका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, नगद तथा दैनिक प्रयोगका सबै सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।  स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए।

घाइते बर्रा जेठारालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। आगलागीसम्बन्धी थप विवरण आउन बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ